kumari
stcnepal

रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा भारतमा बस दुर्घटना हुँदा ४ नेपालीको निधन, २४ जना घाइते

काठमाडौं ।भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको निधन भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

रुपैडिहा बाट गोवा तर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्ला स्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो । टाइम्स अफ इन्डियाका अनुसार घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गोवा जाँदै गर्दा युपी९३बि.टि. ९९४४ नम्बरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए । त्यसैबेला पछाडि बाट ट्रकले ठक्कर दिएको हो ।बसमा करिब ६० जना नेपाली मजदुर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

footer