विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा भारतमा बस दुर्घटना हुँदा ४ नेपालीको निधन, २४ जना घाइते

702
shares

काठमाडौं ।भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको निधन भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

रुपैडिहा बाट गोवा तर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्ला स्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो । टाइम्स अफ इन्डियाका अनुसार घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउ स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गोवा जाँदै गर्दा युपी९३बि.टि. ९९४४ नम्बरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए । त्यसैबेला पछाडि बाट ट्रकले ठक्कर दिएको हो ।बसमा करिब ६० जना नेपाली मजदुर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports