विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एकीकृतलाई जनताको अदालतले अस्विकार गरेको छ : नेम्वाङ

689
shares

काठमाडौं ।नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफ्ना पूर्वसहकर्मी तथा नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाललाई एमालेमा फर्कन आह्वान गरेका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा नेम्वाङले एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेको बताए । एमाले बाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको भन्दै उनले भने, जनताले अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्‍यो । त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, नेकपा एमालेमा फर्केर आउनुस् ।’

तर माधव नेपालले जनमत स्वीकार नगरेको उनको आरोप छ । ‘उल्टै केही सिटमा मात्रै लडेकाले यति मत आएको, देशभरी ढ्वाङ थापेको भए २५ प्रतिशत मत आउँथ्यो रे ?,’ नेपालको भनाइ स्मरण गर्दै उनले भने, ‘के भन्ने ? कुनि के गर्नेलाई भन्दा के गर्नेलाई लाज भन्छ नि !’ माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा १७ प्रतिशत मत ल्याएपनि गत स्थानीय निर्वाचनमा १२ प्रतिशत मतमा खुम्चिएको उनले बताए ।

स्थानीय चुनावमा लोकप्रिय मतको आधारमा एमाले पहिलो पार्टी बनेको र सत्तारुढ नेपाली कांग्रेस गठबन्धन बेगर एमालेको आँखा जुधाएर हेर्न नसक्ने अवस्थामा पुगेको नेता नेम्वाङको दाबी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports