विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केन्या विरुद्धको दोस्रो एकदिवसीय १७ रनले जिते सँगै श्रृंखला नेपालको पक्षमा

676
shares

काठमाडौं ।केन्या विरुद्धको दोस्रो एकदिवसीय १७ रनले जित्दै नेपालले एक खेल अगावै तीन म्याचको श्रृंखला आफ्नो पक्षमा पोरेको छ । नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्या २१३ रनमा अलआउट भयो । दिपेन्द्रसिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले रोहितकुमार पौडेलको कप्तानी पारीको मदतमा ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनाएको थियो । ९४ बलको सामना गरेका पौडलले सर्वाधिक ७८ रन बनाए ।

अघिल्लो एकदिवसीयमा शतक बनाएका आशिफ शेखलाई आराम दिएर देव खनाललाई ओपनिङमा अवसर दिइएको थियो । उनले ३७ बनाए । सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । केन्याका नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २-२ विकेट लिए । तेस्रो तथा अन्तिम म्याच पर्सि सोमबार हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports