विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ता गठबन्धन संकट तर्फ धकेलिएको विष्णु पौडेलको दाबी

585
shares

बुटवल ।नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन संकट तर्फ धकेलिएको दाबी गरेका छन् । सत्तारुढ दलहरुले एमाले सँग एक्लै लड्न नसकेरै गठबन्धन बनाएर चुनावमा गएको, तर सिट भागबण्डामा सहजै कुरा नमिल्दा संकट तर्फ धकेलिएको बताए ।

शनिबार बुटवलमा आयोजित प्रशिक्षणमा नेता पौडेलले एमाले सँग एक्लै लड्ने आँट नभएर पाँच–छ दलको गठबन्धन बनेको बताए । तर सिट बाँडफाँटको टुंगो र उम्मेदवार चयनपछि गठबन्धनमा रहेका दलहरु भित्र असन्तुष्टि र भाँडभैलो मच्चिने उनको दाबी छ ।

‘प्रचण्ड–माधवहरुले कांग्रेस सँग जनाधार र हैसियत भन्दा धेरै सिट मागेपछि अहिले गठबन्धन संकटमा परेको छ,’ एमाले उपाध्यक्ष पौडेलले भने, ‘कांग्रेसको शेखर कोइराला पक्षले कांग्रेसले १०० सिट भन्दा थोरैमा सहमति गर्न सकिन्न भनेको छ, वाध्यताले बाहिर गठबन्धन सग्लो जस्तो देखिए पनि भित्र भित्र समस्यै समस्या र अविश्वास मात्रै छ ।’

स्थानीय तह निर्वाचनमा एमाले एक्लै लडेर उत्साहजनक जित निकालेको भन्दै एमालेले फेरि वहुमत ल्याएर सरकारमा पुग्ने तर्क गरे । नागरिकता विधयेक बारे भ्रम उत्पन्न गरिएको भन्दै उनले भ्रम चिर्न पार्टी निकट पत्रकारहरुलाई निर्देशन दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports