विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

702
shares

काठमाडौं ।प्रतिनिधि सभाको बैठक आज (आइतवार) बस्दै छ । बैठक आइतवार दिउँसो १ बजे बस्ने तय भएको छ ।

आइतवारको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा कार्यव्यवस्था परामर्श समितिमा मनोनयन तथा हेरफेरको रहेको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयन गर्नेछन् ।

यस्तै संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि समावेश छ ।

सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports