तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मदिरा कम्पनीले प्रायोजन गरेको कार्यक्रममा चितवन जाँदै राष्ट्रपति भण्डारी

481
shares

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी दुई वटा मदिरा कम्पनीले प्रायोजन गरेको कार्यक्रम उद्घाटनका लागि चितवनको सौराहा जाने भएका छिन्।

क्षेत्रीय होटल संघ सौराहाले आयोजना गरेको १५औं चितवन हात्ती महोत्सवमा राष्ट्रपति भण्डारी प्रमुख अथिति बनेर कार्यक्रम उद्घाटनमा जान लागेकी हुन्।

पर्यटन प्रवर्द्धनका लागि क्षेत्रीय होटल संघ सौराहाले गर्न लागेको चितवन हात्ती महोत्सव उद्घाटनका लागि राष्ट्रपति भण्डारी भोलि बुधबार सौराहा जान लागेको राष्ट्रपतिका विज्ञ समूहका सदस्य माधव शर्माले बताए।

तर, राष्ट्रपति भण्डारीले उद्घाटन गर्न लागेको चितवन हात्ती महोत्सको प्रमुख प्रायोजन भने रुसलान भोड्का र टुबोर्ग बियर मदिरा कम्पनीले गरेको छ।

मदिराजन्य पदार्थको प्रचारप्रसार भएको कार्यक्रममा राष्ट्रपति आफैं जानु कानुनको बर्खिलाप मानिन्छ।

गत असोजमा मात्रै जारी भएको जनस्वास्थ्य सेवा ऐनको बर्खिलाप राष्ट्रपति भण्डारी मदिरा कम्पनीको प्रायोजनमा हुन लागेको ५ दिने चितवन हात्ती महोत्सव उद्घाटनमा जान लागेकी हुन्।

जनस्वास्थ्य सेवा ऐन २०७५ राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोज २ गते आफैंले प्रमाणीकरण गरेकी थिएन्। भण्डारीले प्रमाणीकरण गरेको जनस्वास्थ्य ऐनको दफा ४५ को १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण, तथा प्रचारप्रसार गर्न पाइने छैन भन्ने उल्लेख छ।

तर, राष्ट्रपति भण्डारी आफैं रुसलान भोड्का र टुबोर्ग बियरले प्रायोजन गरेको कार्यक्रममा गएर कानुनको खिल्ली उडाउन खोज्दैछिन्।

मदिराजन्य पदार्थको प्रचार–प्रसार गर्न नपाइनेगरी कानुन समेत आइसकेको अवस्थमा मदिरा कम्पनीले कार्यक्रमको प्रयोजनसमेत गर्न नपाउने स्वास्थ्य मन्त्रालयका उपसचिव पुस्करराज नेपाल बताउँछन्।

‘कानुन कार्यान्वयनको चरणमा छ’,  उनले भने, ‘कानुन कार्यान्यवनका लागि अहिले मन्त्रालयले गृह मन्त्रालयसँग पनि छलफल थालिसकेको छ।

कानुन कार्यान्वयनमा आम जनतादेखि सरकारी निकाय र निजी क्षेत्रको समेत सहयोग आवश्यक पर्ने उनको भनाइ छ।

तर, चितवन हात्ती महोत्सवको ब्यानमा रुसलान र टुबोर्गको फोटोसहित चितवनभरि पोस्टरसहित प्रचारप्रसार भइरहेको छ। यस्तो कार्यक्रमको प्रमुख अथिति हुँदै राष्ट्रपति भण्डारीले कार्यक्रमको समेत उद्घाटन गर्दैछिन्।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले पनि कार्यक्रम उद्घाटनमा राष्ट्रपति भण्डारी आउने जानकारी दिए।साभार -Nepallive.com

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports