विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लिङदेनको उर्दी सूर्यलाई भोट नहाले फेरी भेट हुदैन है !

507
shares

झापा ।पूर्वपञ्चहरुको पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई एमालेको सूर्य चिन्हमा भोट हाल्न कडा निर्देशन दिएका छन् ।

आज झापाको धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले तालमेल अनुसार भोट नहाले चुनावपछि कार्यकर्ताको रुपमा भेट नहुने चेतावनी समेत दिएका हुन् । चुनावी सभामा लिङ्देन सँगै उपस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सत्ता गठबन्धनका दलहरुको चर्को आलोचना र राप्रपाको खुलेर प्रशंसा गरेको बताइएको छ ।

झापामा दुवै पार्टीका अध्यक्षको जीत सुरक्षित गराउन तालमेल भएको छ । जसअनुसार राप्रपा अध्यक्ष लिङ्गदेनलाई झापा–३ छाडेर बाँकी एमालेले लिएको छ । तर, एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा–५ का राप्रपा नेता तथा कार्यकर्ता तालमेल प्रति असन्तुष्ट रहेको चर्चा सुनिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports