विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेमकिपाले सार्वजनिक गर्यो चुनावी घोषणापत्र

624
shares

काठमाडौं ।नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले तयार पारेको घोषणापत्र सार्वजनिक गरेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बिजुक्छेले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । नेमकिपाको घोषणापत्रमा आफ्नै देशमा रासायनिक मल कारखाना खोल्नेदेखि गोर्खा भर्ती खारेज गर्नेसम्मका विषयवस्तु समेटिएको छ । घोषणापत्रमा माध्यमिक शिक्षा अनिवार्य रुपमा निःशुल्क गर्नुपर्ने र विश्वविद्यालय शिक्षालाई सहज बनाउँदै लैजानुपर्ने पनि उल्लेख छ ।

नेमकिपाले घोषणपत्रमा नेपालको पुँजी देशकै विकासमा लगानी गर्न राष्ट्रिय पुँजीपतिलाई उत्साहित गर्नुपर्ने आजको आवश्यकता रहेको औंल्याएको छ । नेपालीको सम्पत्ति विदेशमा राख्न नदिने व्यवस्था गर्न तत्काल कानुनको बन्दोबस्त गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।नेमकिपाले अपराधीको पक्ष लिने र अपराधलाई प्रोत्साहन गर्ने राजनीतिक दल, सङ्घ संस्था तथा व्यक्तिलाई समेत कानुन उल्लङ्घन गरेको अपराध मानेर दण्ड जरिवाना असुलउपर गराउन नयाँ विधेयक निर्माणमा सदन र सडकमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

घोषणपत्रमा नेपालमा काम पनि नगर्ने ठेक्का पनि नछोडी देश र जनतालाई धोका दिने ठेकेदारलाई कडाभन्दा कडा कारबाही गर्दै ठेक्काबाट वञ्चित गराउन ऐन, कानुन संसद बाट तर्जुमा गराउन नेमकिपाका प्रतिनिधिले संसद्मा भूमिका खेल्ने उल्लेख गरिएको छ । नेमकिपाले सङ्घीयताको औचित्य माथि प्रश्न उठाउँदै निर्वाचनपछि बलियो प्रतिपक्षको रुपमा संसदमा प्रस्तुत हुने जनाएको छ । शिक्षामा बजेट बढाउनुपर्ने, स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्ने र ख्वप कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो पार्टीले अहम् भूमिका निर्वाह गर्ने घोषणापत्रमा उल्लेख छ ।

समाजवादको विकल्प नभएको ठहर गर्दै नेमकिपाले वर्तमान राजनीतिक दलहरुको कार्यशैलीको तीव्र आलोचना गर्नुको साथै भारत सँग भएको असमान सन्धि खारेज गर्न आफ्नो पार्टीले पहल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । नेकपा (एमाले) पुँजीवादी सत्ताको भागबण्डामा लाग्नु राजनीतिक रुपमा असक्त सावित भएको भन्दै अध्यक्ष बिजुक्छेले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धन सारमा एउटै सिक्काको दुइपाटा भएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा पार्टीका सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले निर्वाचन क्रान्तिको सङ्केत दिने ब्यारोमिटर भएको उल्लेख गर्दै देश र जनताको हितमा नेमकिपा सधैँ उभिने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports