प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार परियारको नाम समानुपातिकको बन्दसूची बाट हटयो
वि.सं.२०७९ कात्तिक ९ बुधवार ०८:१९
shares

काठमाडौं ।निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका सञ्चार विज्ञ (प्रेस सल्लाहकार) गोविन्द परियारको नाम समानुपातिकको बन्दसूची बाट हटाएको छ । नेपाली काँग्रेसले प्रतिनिधिसभा तर्फको बन्दसूचीमा समावेश गरेका परियार विरुद्ध आयोगमा उजुरी परेको थियो ।
परियार नेपाल सरकारको लाभको पद (प्रधानमन्त्रीको प्रेस सल्लाहकार) धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उनी विरुद्ध उजुरी गरेकी थिइन ।
नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिक तर्फको बन्दसूची पेश गर्दा दलित तर्फको चौथो नम्बरमा परियारको नाम समावेश गरेको थियो ।





































