आज भाई टिका, बालगोपालेश्वर मन्दिर खुल्ने
वि.सं.२०७९ कात्तिक १० बिहीवार ०८:५१
shares
/fgLkf]v/L sf7df8f}F,$ c;f]hM k'gMlgdf{0fkl5 kfgL e/]/ /d0fLo b]lvPsf] /fgLkvf]/L . tl:a/ M rGb|snf If]qL÷/f;;
काठमाडाैं ।दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
बिहीवार बिहानै देखि बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गर्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

































