विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगले सार्वजनिक गर्यो समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली

572
shares

काठमाडौं ।निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ ।समानुपातिक निर्वाचन प्रणाली तर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम नामावली प्रकाशित गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको नाम समावेश भएको अन्तिम बन्दसूची आज प्रकाशन गरेको हो ।उक्त सूची आयोगको वेबसाइटमा प्रकाशन गरिएको जनाइएको छ । प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार १९९ उम्मेदवार रहेका छन् ।

यसैगरी प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश नं. १ को लागि ६१६ जना, मधेश प्रदेशको लागि ८६३ जना, बागमती प्रदेशको लागि ७५४ जाना, गण्डकी प्रदेशको लागि ३४४ जना, लुम्बिनी प्रदेशको लागि ५७९ जना, कर्णाली प्रदेशको लागि २०० जना र सुदुरपश्चिम प्रदेशको लागि ३५२ जना उम्मेदवारहरु रहेका छन् । समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५५० जना व्यक्तिहरुको नाम आयोगले सूचीबाट हटाएको छ ।

उक्त प्रणाली तर्फ लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा गरी ६ हजार ४५७ जना उम्मेदवारहरू रहेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports