एमाले अध्यक्ष ओलीले बहिनीहरुको हात बाट लगाए टिका
वि.सं.२०७९ कात्तिक १० बिहीवार १४:५३
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हात बाट भाइटीका लगाएका छन् । बिहीवार भाइटीकाको अवसरमा शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हात बाट भाइटीका लगाएका हुन् ।
ओलीले बालकोटमा भाइटीकाको शुभसाइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरू बाट भाइटीका ग्रहण गरे । त्यस अवसरमा उनले बहिनीहरूले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरूलाई पनि सप्तरंगी टीका लगाई दिएका थिए ।
टीका ग्रहणपछि सञ्चारकर्मीहरु सँगको संक्षिप्त प्रतिक्रियाका क्रममा अध्यक्ष ओलीले भाइटीकाले दिदीबहिनीहरु सँग मिल्ने अवसर जुटाएको बताए । उनले हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्न जरुरी रहेको बताए ।



































