श्री एयरलाइन्सको जहाज ककपिटमा धुवाँ देखिएपछि आपतकालीन अवतरण
वि.सं.२०८३ असार १४ आइतवार १९:०२
shares

काठमाडौँ । काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको उडान नम्बर SHA 227को जहाजले ककपिटमा धुवाँ देखिएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको छ।
विमानले करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो।विमान उडानका क्रममा ककपिटमा धुवाँ देखिएपछि चालक दलले तत्काल सुरक्षा सतर्कता अपनाउँदै भैरहवामा आपतकालीन अवतरण गराएको विमानस्थल स्रोतले जनाएको छ।
विमान सुरक्षित रूपमा अवतरण भएको र जहाजमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको बताइएको छ। घटनापछि सम्बन्धित प्राविधिक टोलीले जहाजको विस्तृत प्राविधिक परीक्षण सुरु गरेको छ भने धुवाँ देखिनुको कारणबारे अनुसन्धान भइरहेको छ।





































