विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज दार्चुला बाट एमालेकोचुनावी सभा सुरू हुने, सबै सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने

585
shares

काठमाडौं ।नेकपा (एमाले)को चुनावी आमसभा आज बाट सुरु हुने भएको छ । सुदूर पश्चिम प्रदेशको दार्चुला बाट सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढी बाट हेलिकोप्टर मार्फत त्यस तर्फ प्रस्थान गर्ने भएका छन् ।

एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुला बाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports