डा. तोसिमाको उम्मेदवारी कायम गर्ने सर्बोच्चको आदेश बिरूध्द निर्वाचन आयोग अदालत जाने
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार ०७:५८
shares

काठमाडौं ।निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उमेदवारी खारेजीको माग गर्न आज सर्वोच्च अदालत जाने तयारीमा छ । तोसिमाको उमेदवारी तत्काल खारेज नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै आयोग सर्वोच्च जान लागेको हो ।
आयोगका एक आयुक्तका अनुसार आज सर्वोच्च जाने आयोगको तयारी छ । आयोगले लाभको पदमा रहेको बताउँदै तोसिमाको उमेदवारी खारेज गरेको थियो । तर, आयोगको निर्णय विरुद्ध उनी सर्वोच्च पुगेकी थिइन् ।
सर्वोच्चले तोसिमाको उमेदवारी तत्काल खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उमेदवारी कायम रहेको छ । सोही अन्तरिम आदेश खारेजीको माग गर्दै आयोग सर्वोच्च जान लागेको हो ।

































