kumari
stcnepal

मिडिया हवको लुट रोक्न सर्वोच्चको आदेश

काठमाडौं  कतारमा हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ ।

विश्वकप फुटबल हेर्नका लागि नेपाली प्रति ग्राहक बाट अतिरिक्त ५०० रूपैयाँ असूल्ने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले आइतबार दायर गरेको रिट माथि प्रारम्भिक सुनुवाई राउतको इजलासले २७ कात्तिकमा छलफलका लागि बोलाएको छ । रिट निवेदकको मागअनुसार अन्तरिम आदेश जारी गर्न पर्ने वा नपर्ने बारे छलफल गर्न विपक्षीलाई बोलाएको छ ।

footer