विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उम्मेदवार तथा मन्त्री थापाको निधन

611
shares

विराटनगर ।आगामी मंसिर ४ गते हुन लागिरहेको आम निर्वाचनमा मोरङको क्षेत्र नं.३ मा प्रदेशसभाको सदस्यका लागि उम्मेदवारी दिएका शेखरचन्द्र थापाको निधन भएको छ । प्रदेश १ मा वर्तमान वन, वातावरण तथा भूसंरक्षणमन्त्री समेत रहेका थापाको उपचारका क्रममा बुधबार निधन भएको हो ।

विराटनगर स्थित नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको समाचार प्राप्त भएको छ । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । सुरूमा नोबेल मेडिकल कलेजमा भर्ना भएका थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।

ह्याम्समा तीन साताको उपचार बाट निको नभएपछि उनलाई विराटनगर लगिएको थियो । स्वास्थ्यमा सुधार भएपनि कमजोरीपनका कारण उनलाई विराटनगरमै फर्काएर निरन्तर अक्सिजनको सहयोगमा उपचार गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports