विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन अघिको ४८ घण्टाको समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने

624
shares

काठमाडौं ।मंसिर ४ गते हुने निर्वाचनको ४८ घण्टा अघि बाट कुनैपनि किसिमका चुनावी प्रचारप्रसारका गतिविधि गर्न नपाइने भएको छ । निर्वाचन आयोगले ४८ घण्टा अघि अर्थात् मंसिर १ गते राति १२ बजेपछि कुनैपनि उम्मेदवार र राजनीतिक पार्टीहरूले निर्वाचन प्रचारप्रसार सँग सम्बन्धित गतिविधि गर्न नपाइने जनाएको हो ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आयोगले आसन्न निर्वाचनका उम्मेदवार र कार्यकर्ताहरूलाई पुनः सचेत गराएको हो । अघिल्ला निर्वाचनहरूमा आयोगले मौन अवधि तोक्ने गरेपनि यसपटक मौन अवधि नरहेकाले सो अवधिको समयलाई स्थिर समयको रुपमा प्रयोगमा ल्याएको आयोगको भनाइ छ ।

‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि देखि निर्वाचन सँग सम्बन्धित कुनैपनि कार्यक्रमहरू गर्न पाइँदैन। सम्पूर्ण कार्यक्रम निषेध गर्दछ,’ निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भनाइ छ । उनले विगतमा मौन अवधि समेत भन्ने गरिएपनि त्यसको सट्टा शून्य समय भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टाको समय भनेको स्थिर समय भनेर सम्बोधन गर्न उचित हुने बताए ।

‘मंसिरको १ गते राति १२ बजे बाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरू निषेध हुन्छ । त्यो समयमा कुनैपनि प्रकारको प्रचारप्रसार वा यसलाई मत देऊ, यसलाई नदेऊ भनेर निर्वाचनको सन्दर्भमा स्थिर समयमा कुनै दलका नेतालाई भोट देऊ, नदेऊ भन्न पाइँदैन,’ आयुक्त भण्डारीले भने, ‘यदि कसैले प्रचारप्रसार ग¥यो भने यो निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय हुन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports