विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाल्पामा राप्रपाका उम्मेदवार कांग्रेसमा प्रवेश

832
shares

पाल्पा ।पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आसन्न मंसिर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ पाल्पा क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी राप्रपाका जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि मत माग्दै घरलैलो अभियानमा सक्रिय रहँदै आएका गैरे काँग्रेस प्रवेश गरेका हुन् । लामो समय राप्रपाको राजनीतिमा सक्रिय हुँदै आएका उनले एक विज्ञप्ति जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् । नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसात गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘राप्रपा सदाका लागि परित्याग गर्दै आजैको मिति देखि मेरो उम्मेदवारी निष्क्रिय रहेको र काँग्रेस सँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका सत्ता गठबन्धन दलका उम्मेदवारलाई मेरो पूर्ण समर्थन र सहयोग रहने छ,’ विज्ञप्तिमा भनिएको छ । गैरेलाई नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको सदस्यता हस्तान्तरण गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports