विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गगन थापालाई कांग्रेस प्रवत्ताको जवाफ प्रधानमन्त्रीको बाजा बजाउन आबश्यक छैन

598
shares

काठमाडौं ।नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले निर्वाचनअघि कसैले पनि प्रधानमन्त्रीको बाजा बजाउन जरुरी नभएको बताएका छन् । कांग्रेस महामन्त्री गगन थापा लगायत केही नेताहरूले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर भोट मागिरहेको सन्दर्भमा सभापति निकट मानिने डा. महतले यस्तो जवाफ दिएका हुन् ।

डा. महतले न्युज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीको बाजा बजाएर पार्टीको हित नहुने समेत दाबी गरेका छन् । ‘त्यसकारण अहिले प्रधानमन्त्री वा दलको नेताका बारेमा बाजा बजाएर हिँड्नुपर्ने कुनै आवश्यकता म ठान्दिनँ’, प्रवक्ता महतको भनाइ छ । उनले कुनै नेताले त्यसरी आफूलाई प्रस्तुत गरेपनि त्यसले पार्टीको पक्षमा माहौल नबन्ने र पार्टीको हित हुने पनि आफूले नदेखेको बताएका छन् ।

‘स्वयम् पार्टी नेतृत्व गरिरहनुभएका सभापति अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले भनिरहनुभएको छ, भनिसकेपछि अरूलाई ‘होइन म हुन्छु, म हुन्छु’ भनिरहनुपर्ने आवश्यकता किन प¥यो त्यो मलाई थाहा छैन’, महतले पार्टीका समग्र कार्यकर्ता, शुभचिन्तक, समर्थकको ध्यान अहिले कसरी बढी भन्दा बढी पार्टीका उम्मेदवारहरूलाई जिताउने र गठबन्धनका उम्मेदवारहरूलाई जिताउने भन्ने नै रहेको बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports