कृषि मन्त्रीलाई बर्खास्त गर्न माग
वि.सं.२०७८ भदौ ११ शुक्रवार १६:१३
shares

काठमाडौँ । कर्णाली प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका छन् ।
मन्त्री शाहीलाई बलात्कारको आरोप लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमालेको माग छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सार्वजनिक रुपमा घटनाको आरोपको आधारमा सरकारले मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन्





































