kumari
stcnepal

बैदेशिक रोजगार बिभाग बाट नायव सुब्बा घुस सहित पक्राउ

काठमाडौं ।वैदेशिक रोजगार विभागमा कार्यरत नायव सुब्बा प्रमोद पाण्डे घुस रकम सहित पक्राउ परेका छन् ।

वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात रोक्का भएको बैंक खाता सुचारु गरिदिने आश्वसनमा सेवाग्राही सँग घूस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले मंगलबार कार्यकक्षबाट पक्राउ गरेको हो ।

उनको साथबाट ३० हजार घूस रकम समेत बरामद भएको टोलीको दाबी छ । साथै उनको साथ बाट स्रोत नखुलेको थप ३२ हजार ५५ रुपैयाँ पनि फेला परेको अख्तियारले जनाएको छ ।

footer