kumari
stcnepal

मंसिर ४ बिहान ४ बजेदेखी बेलुका ७ बजेसम्म उपत्यकमा सवारी साधन चलाउन नपाइने ।

काठमाडौं ।काठमाडौं उपत्यकाका ३ जिल्ला प्रशासन कार्यालयले मंसिर ४ गते बिहान ४ बजेबाट साँझ ७ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आन्तरिक सवारी साधन आवागमन बन्द गर्ने निर्णय गरेको हो । अनुमति प्राप्त सवारी साधनलाई भने चल्न दिइनेछ ।

यस्तै, बैठकले मंसिर १ गतेदेखि मंसिर ४ गते राति १२ बजेसम्म तीन वटै जिल्लामा मदिरा ओसारपसार, विक्रीवितरणमा रोक लगाउने निर्णय पनि भएको छ । बैठकले १ र २ गते अत्यावश्यक सुरक्षा, विपद जस्ता अत्यावश्यक अवस्थामा बाहेक अन्य सेवाप्रवाह बन्द गर्ने निर्णय पनि गरेको छ ।

footer