kumari
stcnepal

घरेलु टोली नेपालले यूएईलाई दोस्रो खेलमा हरायो

काठमाडौं ।घरेलु टोली नेपालले यूएई विरुद्धको एदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा जित निकालेको छ । बुधबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाउँदै १९३ रन बनायो ।

नेपालका लागि गुलसन झाले सर्वाधिक ३७ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले ३५ रन बनाउँदा दिपेन्द्रसिंह ऐरिले ३२ तथा आरिफ शेखले ३३ रन बनाए । यूएईका लागि रोहन मुस्तफाले तीन विकेट लिए । त्यस्तै साविर अलीले दुई विकेट लिँदा बसिल हामेदले एक विकेट लिए ।

footer