विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

घरेलु टोली नेपालले यूएईलाई दोस्रो खेलमा हरायो

689
shares

काठमाडौं ।घरेलु टोली नेपालले यूएई विरुद्धको एदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा जित निकालेको छ । बुधबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाउँदै १९३ रन बनायो ।

नेपालका लागि गुलसन झाले सर्वाधिक ३७ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले ३५ रन बनाउँदा दिपेन्द्रसिंह ऐरिले ३२ तथा आरिफ शेखले ३३ रन बनाए । यूएईका लागि रोहन मुस्तफाले तीन विकेट लिए । त्यस्तै साविर अलीले दुई विकेट लिँदा बसिल हामेदले एक विकेट लिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports