सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्री छान्ने जिम्मा नेपाललाई

416
shares

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । नयाँ दल दर्ता भएपछि आज बसेको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो ।
संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको छ । समाजवादीले सरकारमा सहभागी हुने निर्णय गत शुक्रबार नै गरिसकेको छ ।
बैठकमा सांसद प्रेमबहादुर आलेले संसदीय समितिहरुमा पार्टीको उपस्थिति बलियो बनाउनुपर्ने जोड दिएका छन् । संसदीय समितिको सभापतिमा को–को पठाउने भन्ने पनि छलफल गर्नुपर्ने उनको प्रस्ताव थियो । अध्यक्ष नेपालले पनि पहिले दलको कार्यालयका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports