सबै सरकारी सम्पत्ति एक साताभित्र बुझाउन तालिबानको उर्दी
वि.सं.२०७८ भदौ १३ आइतवार १६:४५
shares

काठमाडौं । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न उर्दी दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै सरकारी सम्पत्ति तालिबानको सम्बन्धित निकायमा बुझाउन निर्देशन दिएको हो । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिद्दिनले सामाजिक सञ्जाल, ट्वीटरमा श्रृङ्खलाबद्ध रुपमा लेखेकोे ट्वीटरमा सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको छ । यसअघि तालिबानले सबै महिला स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको थियो । पछिल्लो समय आम स्वास्थ्य सेवामा देखिएको असरलाई ध्यानमा राख्दै स्वास्थ्य कर्मी महिलालाई काममा फर्किन आग्रह गरेको तालिबानले जनाएको छ । तालिबानको जनस्वास्थ्य मन्त्रालयले सबै महिला र कर्मचारीलाई नियमित काममा फर्किन उर्दी दिएको हो । मन्त्रालयको विज्ञप्तिमा उनीहरुलाई आफ्नो नियमित काम गर्नमा कुनै अवरोध सिर्जना नहुने बताएका छन् ।




































