विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोली मतदानको दिन सदर चिडियाखाना बन्द हुने

741
shares

काठमाडौं ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दिन (४ मंसिर) जावलाखेल स्थित सदर चिडियाखाना बन्द हुने भएको छ । हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि अवलोकन गर्न खुला रहने गरेको चिडियाखाना निर्वाचनको मतदानको दिनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको चिडियाखाना व्यवस्थापन पक्षले जनाएको छ ।

हाल चिडियाखानामा विभिन्न ११० प्रजातिका एक हजार एक वन्यजन्तु छन् । अवलोकन गर्न विदेशीका लागि रु एक हजार, सार्क राष्ट्रका व्यक्तिका लागि रु ५०० र नेपालीलाई रु २०० शुल्क निर्धारण गरिएको छ । चिडियाखानामा वार्षिक करिब ११ लाख दर्शक अवलोकन गर्न आउने गरेका छन् । यहाँ वन्यजन्तुको रेखदेख र स्याहारका लागि हाल ६५ कर्मचारी रहेका छन् ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विसं १९८९ मा निजीरूपमा स्थापना गरिएको सदर चिडियाखाना २०११ साल देखि मात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ साल देखि भने राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports