विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रेस काउन्सिलले सञ्चारमाध्यमको मास्टहेडको दुरूपयोग भएको भन्दै आपति जनायो

754
shares

काठमाडौं ।प्रेस काउन्सिल नेपालले केही सञ्चार माध्यमको मास्टहेड दुरुपयोग प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण दुष्प्रचारयुक्त, गलत एवं भ्रामक सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको स्थिर समय (मौन अवधि) मा विभिन्न सञ्चार माध्यमको मास्टहेड प्रयोग गरी बनाइएका विभिन्न दल तथा उम्मेदवारका समाचार शनिबार सामाजिक सञ्जाल बाट सम्प्रेषण भएका थिए ।

त्यस्ता समाचार सामग्रीका सम्बन्धमा सम्बन्धित मिडियासँग जानकारी माग गर्दा ‘ती शीर्षकमा त्यस किसिमका कुनै समाचार सम्प्रेषण नगरेको, त्यो फेक न्युज हो’ भनी जवाफ प्राप्त भएको काउन्सिलका सहप्रवक्ता एवं उपप्रशासकीय अधिकृत रामशरण बोहोराले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कतिपय सञ्चार माध्यमले भने आफ्नो सामाजिक सञ्जाल बाट त्यसबारे प्रस्ट्याइसकेका छन् ।

काउन्सिलले निर्वाचनमा प्रभाव पार्ने किसिमले अफवाहपूर्ण, दुष्प्रचारयुक्त र फेक न्युजबाट सजग रहन अनुरोध गर्दै स्थिर समयमा सामाजिक सञ्जालबाट दुष्प्रचारयुक्त र अफवाहपूर्ण सामग्री सम्प्रेषण भएमा विद्युतीय अपराध सम्बन्धी कानुन आकर्षित हुने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports