विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चुनावमा खटिएका कर्मचारीलाई आयोगको निर्देशन दल र उम्मेदवार प्रति झुकाव नराख्नु

767
shares

काठमाडौं ।निर्वाचन आयोगले निर्वाचनमा खटिएका कर्मचारीलाई कुनै पनि दल तथा उम्मेदवार प्रति झुकाव नराखी काम गर्न निर्देशन दिएको छ । शनिबार विशेष निर्देशन जारी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भनेका छन्, ‘व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवार प्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य सम्पादन गर्नाेस् ।’

यसैमा थपलियाले थपेका छन्, ‘निर्वाचनको कार्य सम्पादन गर्ने सिलसिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव, दबाब, भनसुन, धम्की, आदि आउन सक्छन् । तर कुनै आग्रह, पूर्वाग्रह बाट प्रेरित वा प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न र गराउन प्रतिबद्ध भएर लाग्नोस् ।’राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिको स्वार्थ वा प्रभावमा परेर कुनै कार्य गर्नन र मतदान तथा मतगणना सम्बन्धी विवाद निरूपण गर्दा पक्षहरू बाट पर्न सक्ने प्रभाव बाट स्वतन्त्र रही समाधान गर्न भनिएको छ ।

मतदान अधिकृत, मतगणना अधिकारी र कर्मचारीको जिम्मेवारी, पाउनु गर्वको विषय भएको उल्लेख गर्दै प्रमुख आयुक्त थपलियाले जिम्मेवारी गरिमा र मर्यादालाई कायम राख्दै मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने संकल्प गर्न भनेका छन् । निर्देशनमा नेपालको संविधान, प्रचलित ऐन, कानून, आचारसंहिता, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि र निर्देशनको पूर्ण रूपमा पालना गर्न, मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्रीको दुरूपयोग गर्न नदिन भनिएको छ । ‘कसैले अवाञ्छित कार्य गर्न खोज्यो भने कानुन बमोजिम प्रतिकार गर्नाेस् तर कदापी यस्ता कार्यको मतियार नबनोस्’ निर्देशनमा उल्लेख छ ।

साथसाथै, आयोगले मतदान तथा मतगणनासम्बन्धी कार्य सम्पादनको सिलसिलामा राजनीतिक दल, उम्मेदवार, कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक, नागरिक समाज मिडियाकर्मी मतदाता लगायत सबैप्रति आदरभाव र समान व्यवहार गर्न पनि भनेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports