kumari
stcnepal

पछिल्लो २४ घण्टामा थपिए ३ जना कोरोनाका संक्रमित

काठमाडौं ।नेपालमा गत २४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय २२ जनाको नमुना परिक्षण गरिएकामा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना बाट कसैको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार शनिबार १५ जना संक्रमित निको भएका छन् । हाल देशभर ४ सय ३२ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

footer