विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन आयोगका भण्डारी बाहेकका सबै पदाधिकारीहरूले भोली ७ बजे भित्रै मतदान गर्ने

650
shares

काठमाडौं ।निर्वाचन आयोगका पदाधिकारीहरुले भोलि बिहान सबेरै मतदान गर्ने हुनुभएको छ । उहाँहरुमध्ये अधिकांशले बिहान ७ बजे नै मतदान गर्ने जानकारी गराइएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहान ८ बजे युनिक नेपाल एकेडेमी, लोकन्थली भक्तपुरमा बिहान ७ बजे र आयुक्त ईश्वरी प्रसाद पौडेदलले टिका विद्याश्रम मावि सानेपा, ललितपुरका बिहान ७ बजे मतदान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अर्का आयुक्त रामप्रसाद भण्डारीले मिलन विद्यामन्दिर स्कुल, अनामनगरमा बिहान ८ बजे, डा. जानकी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका २, परेवाडाँडामा रहेको महेन्द्र मन्दिर माविमा बिहान ७ बजे र आयुक्त सगुन समशेर जबराले धापासी निमावि, टोखा नगरपालिका ४, फैमालचुलीमा बिहान ७ बजे मतदान गर्ने जनाइएको छ ।

आयोगका सचिव गोकर्णमणि दुवाडीले पनि भोलि बिहान ७ बजे नागार्जुन नगरपालिका २ मा रहेको रेडमडिल स्कुलमा बिहान ७ बजे मतदान गर्ने आयोगले जानकारी गराएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports