विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काँग्रेसको फण्डा काँग्रेसको लागि घातक

624
shares

काठमाडौं ।मतदातालाई रकम बाँडेको आरोप लागेका काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ (ख) का प्रदेशसभा उम्मेदवार दीपक निरौला चढेको गाडी बाट १ सय ५ रुपैयाँ रकम बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

क्षेत्र नम्बर ५ का निर्वाचन आचारसंहिता उल्लंघन अनुगमन समितिका प्रतिनिधि सुकदेव बास्कोटाको रोहवरमा प्रहरी वृत्त महाराजगञ्जमा निरौला र उहाँ चढेको गाडी खानतलासी गर्दा उक्त रकम बरामद भएको वृत्तका प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जीसीले बताउनुभयो । निर्वाचन आचारसंहिता विपरित पैसा बाँडेको भन्दै प्रतिस्पर्धी समूहले विरोध गरेपछि उहाँलाई प्रहरीले सुरक्षाका लागि भन्दै मंसिर २ को साँझ नियन्त्रणमा लिएको थियो। निरौला एमालेका तर्फ बाट उम्मेदवार हुनुहुन्छ । गाडीमा पर्चा समेत भेटिएको छ। रकम बाँडेको भन्दै विपक्षीले घेराउ गरेपछि प्रहरीले निरौला सहित बुढानिलकण्ठ ६ का वडाअध्यक्ष रवि खड्का र प्रदीप डंगोललाई उद्धार गरेको दाबी गरेको थियो ।

उम्मेदवार निरौला लगायतलाई क्यान्सर रोगका विरामी तोक्मान लामाको स्वास्थ्य अवस्था बारे जानकारी लिन जाँदा राज्य संयन्त्रको दुरुपयोग गरेर प्रहरी बोलाउने र पैसा बाँडेको भनेर बदनाम गर्न खोजिएको काठमाडौं ५ एमाले निर्वाचन परिचालन कमिटी संयोजक शान्ति अधिकारी द्धारा जारी विज्ञप्तीमा जनाइएको छ। यस घटनापछि काठमाडौंमा काँग्रेस माओवादीलाई मत दिन लागेका मतदाता माझ उल्टो असर देखिएको बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports