विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यि चार अबस्थामा प्रहरीले सिधै गोली चलाउन सक्छ

715
shares

काठमाडौं ।आज देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । देशका अधिकांश जिल्ला र केन्द्रमा अहिले ७ बजेदेखि मतदान सुरु भइसकेको छ । मतदान आज ५ बजेसम्म चल्नेछ ।निर्वाचनलाई चुस्त र निष्पक्ष एवं शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरेर २ लाख ९८ हजार ५ सय ७९ जना सुरक्षाकर्मी खटिएका छन् ।

निर्वाचनका क्रममा चार वटा परिस्थिति देखा परे कसैलाई नसोधी गोली चलाउन पाउनेछन् । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहका अनुसार आज भइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा चार किसिमका परिस्थिति देखिए न्यूनतम बल प्रयोगको सिद्धान्त अनुरुप कसैलाई पनि सोध्नु नपर्ने गरी प्रहरीलाई सर्कुलर जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ ले शान्ति, सुरक्षा कायम हुननसक्ने अन्तिम विकल्पका रुपमा मात्रै सुरक्षाकर्मीले गोली चलाउनसक्ने परिकल्पना गरेको छ । तर, महानिरीक्षक सिंहले चुनाव विशेष परिस्थिति भएकाले यसलाई विथोल्न खोज्ने तत्वलाई रोक्न चार अवस्थामा सिधै गोली चलाउने आदेश दिइएको बताए । निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी माथि सांघातिक आक्रमण भए, निर्वाचन वा मतदान अधिकृतलाई आक्रमणको अवस्था आए, मतपत्र वा पेटिका च्यात्ने वा फोड्ने परिस्थिति भए नसोधी गोली चलाउन सक्ने गरी निर्देशन जारी उनले बताए ।

उनले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बताउँदै देशैभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुने बताएका छन् । उनका अनुसार हरेक जिल्लामा प्रहरीले सुरक्षा गस्ती बढाएको छ । आकस्मिक चेकजाँचमा जोड दिएको छ । महत्वपूर्ण प्रतिष्ठान, संरचना तथा क्षेत्रहरुमा पनि विशेष निगरानी गरिएको छ । नयाँ बानेश्वर स्थित संसद भवनको वरपर मानिसहरुलाई हिँड्डुल गर्न निषेध गरिएको छ । गृह मन्त्रालयले निर्वाचन विरोधी समूह, जातीय, साम्प्रदायिक संघ, संगठनको गतिविधि, खुला सीमा, भौगोलिक विकटता लगायतका आधारमा सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा मतदान स्थललाई वर्गीकरण गरेको छ ।
गृहसचिव विनोदप्रकाश सिंहका अनुसार मन्त्रालयले ३ हजार ८० मतदान स्थललाई अति संवेदनशील, ४ हजार ४ सय २० लाई संवेदनशील र ३ हजार ३ सय ९१ लाई सामान्य संवेदनशील मानेर सुरक्षा व्यवस्थापन मिलाएको छ ।

सुरक्षा योजना अनुसार मतदान स्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटाइएको छ । निर्वाचन सुरक्षार्थ सशस्त्र प्रहरीलाई मोबाइल, स्ट्राइकिङ, क्यूआरटी/रिजर्भ, निर्वाच्न क्षेत्र सुरक्षा, कमाण्ड पोष्ट, जिल्लास्थित निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय लगायतमा सुरक्षा प्रबन्ध मिलाउन परिचालन गरिएको छ । हरेक मतदान केन्द्र बाट बढीमा ३० मिनेटको दुरिमा फौज तैनाथ राखिएको सेनाले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports