विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज बाट फुटवलको विश्वकप सुरू, ३२ देशका खेलाडीहरू प्रतिस्पर्धामा

533
shares

काठमाडौं ।१२ वर्षको निरन्तर प्रश्न, आलोचना, अड्कल र अनुमान बीच अन्तत: आइतबार बाट कतार विश्वकपको औपचारिक सुरुवात हुँदैछ। कतार मध्यपूर्वमा विश्वकप आयोजना गर्ने पहिलो मुस्लिम देशका रूपमा रहेको छ। फिफाले सबै ३२ सहभागी राष्ट्रहरूलाई ‘फुटबलमा फोकस’ आग्रह गरेको छ। ३२ राष्ट्रलाई ८ समूह विभाजन गरेर प्रतियोगिताको आयोजना गर्दैछ। प्रतियोगिताको उद्घाटनमा कतार र इक्वेडरले प्रतिस्पर्धा गर्दैछन्।

अल बायत स्टेडियममा हुने खेल नेपाली समयअनुसार ९:४५ मा खेल सुरु हुनेछ। कतार २०२२ तुलनात्मक रूपमा अन्य विश्वकप भन्दा ठूलो मात्रामा विवादित बन्यो। कतारले २०१० मा दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र युएसएलाई पछि पार्दै विश्वकप अधिकार आफ्नो हातमा पारेको थियो। विश्वकपको ९२ वर्षे इतिहासमा कतार क्षेत्रफलका आधारमा विश्वकप आयोजना गर्ने सबैभन्दा सानो राष्ट्र समेत हो।

फेब्रुअरी, २०२१ मा गार्जियनमा सार्वजानिक समाचार अनुसार कतार विश्वकपका दौरान नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका बाट कतारमा रोजगारीका लागि पुगेका ६५०० सय कामदारहरूले रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका थिए। कतारलाई विश्वकपको अधिकार दिएर ६५०० जना मानिसको हत्या भएको भन्दै फिफाको चर्को आलोचना हुने गरेको छ। साथै कतारले भने यो तहको मृत्युलाई स्वीकारेको छैनन्।

कतारले भने विश्वकप सँग सम्बन्धित निर्माण कार्यमा केवल ३७ जना कामदारको मृत्यु भएको दावी गर्दै आएकाे छ। कतारले २०१४ देखि २०२० सम्मको निर्माण कार्यमा केवल ३७ जना कामदारको मृत्यु भएको बताएको छ। अन्तराष्ट्रिय श्रमिक संगठन (आइएलओ) ले कतार श्रमिक माथि भएको ज्यादतीको विषय अवमूल्यन गरिएको दावी गर्ने गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports