नवलपरासी पूर्वमा पनि भयो मतपेटीकामा आगजनी
वि.सं.२०७९ मंसिर ४ आइतवार १७:०७
shares

नवलपुर ।नवलपरासी पूर्वको एक मतदान केन्द्रमा ब्यालेट बक्स (मतपेटिका)मा आगजनी भएको छ । देवचुली नगरपालिका-४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको हाे ।
शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभा तर्फको समानुपातिक मतपत्र खसालेको मतपेटिकामा आगजनी भएको जनाइएकाे छ ।
आगजनी गरेको आरोपमा प्रहरीले नारायण भण्डारीलाई गिरफ्तार गरेको छ । भण्डारी विप्लव नेकपाका कार्यकर्ता रहेको आशंका गरिएको छ । बाजुरा लगायत जिल्लामा पनि आइतबार मतपेटिकामा आगजनी तथा ताेडफाेड भएकाे छ ।






































