मतदानको समय सकियो, लाईनमा बस्नेले मात्र भोट हाल्न पाउने
वि.सं.२०७९ मंसिर ४ आइतवार १७:२०
shares

काठमाडाैं ।आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान गर्ने समय सकिएको छ । निर्वाचन आयोगले मतदान गर्ने समय बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म तोकेको थियो ।
तर ५ बजे भित्र लाइनमा बस्ने मतदाताललाई मतदान गर्न नरोक्ने आयोगले जनाएको छ । विभिन्न कारण देशभर १५ भन्दा बढी मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको आयोगले जनाएको छ ।




































