२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साहित्यकार आनन्ददेव भट्टको निधन

1.27K
shares

काठमाडौं वरिष्ठ साहित्यकार एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष आनन्ददेव भट्टको निधन भएको छ । अल्जाइमर रोगबाट पीडित भट्टको भट्टको ८५ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।  भट्टका श्रीमती र दुई छोरा छन् ।गत महिना अस्पतालमा उपचारपछि उनी कालिकास्थान निवासमा बस्दै आएका थिए । लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय भट्टका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलगायतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’, ‘अब हिमाल बोल्छ’, ‘जनताको साहित्य’ लगायत कृति लोकप्रिय छन् । वि.सं १९९३ मा जुम्लामा जन्मिएका भट्ट प्रगतिशील लेखक संघ र प्रगतिशील प्राध्यापक संघका पूर्वअध्यक्ष समेत थिए । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रगतिशील लेखक संघका अध्यक्ष प्रा. डा. जीवेन्द्रदेव गिरील बताएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports