kumari
stcnepal

आन्तरिक राजस्व बिभागको महानिर्देशकका मैनाली नियुक्त

काठमाडौं । दीर्घ मैनाली आन्तरिक राजस्व विभागको महानिर्देशकमा नियुक्त भएका छन् । विभागमा अर्थमन्त्री जनार्दन शर्माले मन्त्री स्तरिय निर्णय बाट महानिर्देशक सरूवा गरेका हुन् ।

राजस्व अनुसन्धान विभाग बाट प्रदेश १ मा सरुवा भएका मैनाली केहि महिना अघि मात्रै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखमा नियुक्त भएका थिए । सरकारका राजस्व संकलन गर्ने निकाय सबै निकम्बा हुँदै गएपछि अर्थमन्त्री शर्माले यो कदम चालेका हुन । आन्तरिक राजस्व विभाग रितेश शाक्य कार्यरत रहेका थिए ।

राजस्व अनुसान्धान विभागको महानिर्देशक हुँदा मैनालीले राजस्व छली गर्नेहरुको राम्रै अनुसन्धान गरेका थिए । तर, कार्यान्वय गराउने बेलामा उनलाई यहि गठबन्धन सरकारले प्रदेश नंम्बर १ मा सरुवा गरेको थियो ।

footer