विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज साँझ १३ गते सम्पन्न गणनानुसार यि पार्टीहरूले समानुपातिकमा यति सिट पाउन सक्छन

624
shares

काठमाडौं ।जनमत पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड कटाएर समानुपातिकमा आफ्नो हिस्सा सुरक्षित गरेपछि प्रमुख दलहरुको समानुपातिक सिट केही घट्ने देखिएको छ । मंगलबार बेलुकी यो समाचार तयार पार्दासम्मको समानुपातिक मतगणना अनुसार, ९८ लाख २१ हजार सदर मत गणना भइसकेको छ । त्यसमा एमालेले २६ लाख ४६ हजार मत पाएको छ । निर्वाचन आयोगले समानुपातिकको सिट निकाल्न प्रयोग गर्ने सेन्ट लग विधि बाट हिसाब निकाल्दा एमालेले ३४ सिट पाउँछ । यसअघि जनमत पार्टीले थ्रेसहोल्ड नकटाउँदा सम्म उसको ३५ सिट थियो ।

नेपाली कांग्रेसले समानुपातिकत तर्फ २५ लाख मत कटाएको छ । कांग्रेसले अब ३२ सिट पाउने देखिन्छ । जनमतले थ्रेसहोल्ड नकटाउँदा सम्म उसले ३३ सिट पाउने आकलन थियो ।माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उछिनेर तेस्रो बनेको छ । माओवादी केन्द्रले ११ लाख २८ हजार मत पाएको छ । रास्वपाले १० लाख ८५ हजार मत पाएको छ । यो मतपरिणामका आधारमा माओवादी केन्द्र र रास्वपाले १४/१४ सिट पाउँछन् ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ५९ हजार मत सहित ७ सिट पाउने देखिन्छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ३ लाख ७८ हजार मत सहित ५ सिट पाउने देखिन्छ ।

जनमतलाई ४ सिट

मंगलबार बिहान जनमत पार्टीले समेत थ्रेसहोल्ड कटाएको छ । उसले ३ लाख ३६ हजार मत पाएको छ । पछिल्लो मत परिणाम अनुसार उसले ४ सिट पाउँछ । १ करोड ८ लाख मत खसेको अनुमानका आधारमा जनमत पार्टी थ्रेसहोल्डको सिमाबाट सुरक्षित देखिन्छ ।

एकीकृत समाजवादी थ्रेसहोल्डको सीमा कटाउन प्रयासरत छन् । उसले अहिलेसम्म २ लाख ७७ हजार मत पाएको छ । जुन कुल सदर मतको २.८२ प्रतिशत मात्रै हो ।

कूल सदर मतको ३ प्रतिशत मत नपाउने दलले थ्रेसहोल्ड कटाउँदैनन् र थ्रेसहोल्ड नकटाउने दलले समानुपातिकमा कुनै हिस्सा पाउँदैनन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports