kumari
stcnepal

माईतीघरमा अनसन बसेका थापाथलीमा गएर त्यहि अनसनमा बसे

काठमाडौंको माइतीघर मण्डलामा अनसन बसेका सुकुम्बासी बस्तीका स्थानीय आज थापाथली पुगेका छन् । उनीहरुले आज बाट थापाथलीमा अनसन थालेका छन् ।

पछिल्लो १८ वर्ष देखि बागमती किनारमा टहरा हालेर बसेका उनीहरुले राज्यद्वारा पटकपटक गरिएको आतंक रोक्न माग गरेका छन् । अनसनको नेतृत्व दलमर्दन कामीले गरेका छन् ।

उनीहरुले सुकुम्बासी बस्ती हटाउन राज्यद्वारा पटक पटक आक्रमण गरिनु र डोजर लगाउनु सुकुम्बासी माथिको घोर अन्याय र अत्याचार भएको बताएका छन् । सुकुम्बासी र भूमिहीन गरिब माथि बारम्बार गरिने आतंक बन्द गर्न र स्थायी बसोबासको तत्काल व्यवस्थाको माग गरिएको छ ।

footer