विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन

871
shares

काठमाडौं ।चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहेका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । थप विवरण भने सार्वजनिक भएको छैन ।

चियाङ सन् १९८९ को तियानमेन स्क्वायरमा भएको आन्दोलनपछि चीनको शक्तिमा उदाएका नेता हुन् । सन् १९२६ को १७ अगस्टमा जन्मिएका उनी तियानमेन स्क्वायरमा भएको विद्यार्थी आन्दोलनपछि चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष बनेका थिए । उनी भन्दा अघि चाओ चियाङ पार्टीका महासचिव थिए ।

सन् १९४६ मा सीपीसीको पार्टी सदस्यता लिएका उनले संघाई विश्वविद्यालय बाट इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेका थिए । केही समय चीनका उद्योगहरूमा काम गरेका उनले सन् १९५५ मा सोभियत युनियनबाट इलेक्ट्रिक सम्बन्धी थप तालिम समेत लिएका थिए ।इलेक्ट्रिक अनुसन्धाता समेत रहेका उनी सन् १९८० मा आयात तथा निर्यात राज्यमन्त्री बनेका थिए । त्यसको दुई वर्षपछि उपमन्त्री बनेका उनी उक्त कार्यकालको अन्तिमतिर मन्त्री नै बनेका थिए । चीनले गरेको विकासमा उनको महत्वपूर्ण भूमिका रहेको मानिन्छ ।

उनी त्यही बीचमा सन् १९८२ मा मार्टीको केन्द्रीय सदस्य बने भने १९८५ मा संघाईको मेयर र १९८७ मा पार्टी राजनीतिक ब्यूरो सदस्य बनेका थिए । पार्टीको नेतृत्वमा पुगिसकेपछि उनले सन् १९९३ मा चीनको शक्तिशाली मानिने केन्द्रीय सैन्य आयोग बाट देङ स्यावो पिङ हटेपछि उनी त्यसको पनि अध्यक्ष बनेका थिए । सन् १९९७ मा देङ स्यावो पिङको निधन भएपछि उनी चीनका सर्वोच्च नेता बनेका थिए ।

उनी सर्वोच्च नेता भएपछि नै चीनका तीन लाखभन्दा बढी उद्योगहरूमाथि सरकारको एकाधिकारलाई खुकुलो बनाउँदै निजीकरणमा लैजाने योजनाको सुरू भएको बताइन्छ ।यस सँगै अमेरिका सँग रहेको चीनको तिक्तापूर्ण सम्बन्ध सुधारमा पनि चियाङको महत्वपूर्ण भूमिका रहेको थियो । उनी सन् १९९७ मा सम्पन्न चीन–अमेरिका सम्मिटमा सहभागी भएर चीनका विषयमा उठिरहेको मानवअधिकारको विषयमा बोलेका थिए । उनी सन् २००२ सम्म पार्टीको नेतृत्वमा रहे भने २००३ सम्म चीनको राष्ट्रपति पदमा रहेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports