विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुन प्रदेशमा कुन दलको समानुपातिक मत कति ?

871
shares

काठमाडौं ।मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना जारी छ । बिहीबार अपराह्नसम्मको परिणाम अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै छ । प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समानुपातिकमा पनि एमाले अगाडि छ ।

हालसम्मको एक करोड दुई लाख ८२ हजार सात सय १९ सदर मतमध्ये एमालेले प्रतिनिधिसभातर्फ २७ लाख ३५ हजार आठ सय १७ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख सात हजार आठ सय ३१, नेकपा माओवादी केन्द्रले ११ लाख ५७ हजार चार सय ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १० हजार सात सय ६३ मत प्राप्त गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८२ हजार आठ सय ७५, जनता समाजवादी पार्टी नेपालले ४ लाख १९ हजार चार सय ५७, जनमत पार्टीले ३ लाख ९३ हजार एक सय ७४, नेकपा एकीकृत समाजवादीले २ लाख ९३ हजार छ सय २९, नागरिक उन्मुक्ति पार्टीले २ लाख ६९ हजार एक सय ७० मत प्राप्त गरेको छ ।

प्रदेशसभा अन्तर्गत प्रदेश नं १ मा एमालेले ६ लाख ३२ हजार सात सय चार, कांग्रेसले ५ लाख ३२ हजार आठ सय ४५, राप्रपाले एक लाख ९१ हजार सात सय ७१ र माओवादी केन्द्रले एक लाख ७७ हजार सात सय २१ मत प्राप्त गरेको छ ।

मधेसमा कांग्रेसले ३ लाख ९९ हजार पाँच सय ८९, एमाले तीन लाख ५१ हजार दुई सय ८४, जनमत पार्टीले तीन लाख २४ हजार तीन सय ३३, जसपा नेपाल एक लाख ९६ हजार तीन सय ४०, माओवादी केन्द्रले एक लाख ८० हजार एक सय चार, एकीकृत समाजवादीले एक लाख १३ हजार पाँच सय ९० र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख १२ हजार तीन सय ४४ मत प्राप्त गरेको छ ।

बागमतीमा एमालेले ५ लाख ५४ हजार छ सय ६२, कांग्रेसले ४ लाख ६३ हजार पाँच सय २८, माओवादी केन्द्रले २ लाख ६९ हजार दुई सय ५४ र राप्रपाले २ लाख ६६ हजार सात सय ४२ तथा गण्डकीमा एमालेले ३ लाख ४२ हजार आठ सय ७२, कांग्रेसले ३ लाख १९ हजार चार सय नौ र माओवादी केन्द्रले १ लाख १५ हजार चार सय आठ मत प्राप्त गरेको छ ।

लुम्बिनीमा एमालेले ५ लाख ७० हजार नौ सय २१, कांग्रेसले ४ लाख ९९ हजार नौ सय ८६, माओवादी केन्द्रले १ लाख ९८ हजार चार सय ५०, राप्रपाले १ लाख २७ हजार चार सय ५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार पाँच सय २१ मत प्राप्त गरेको छ ।

कर्णालीमा एमालेले १ लाख ८३ हजार नौ सय ५०, कांग्रेसले १ लाख ७० हजार सात सय ५६, माओवादी केन्द्रले १ लाख ३७ हजार छ सय २९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले २ लाख ४८ हजार आठ सय ४०, कांग्रेसले २ लाख ४३ हजार ३९ र माओवादी केन्द्रले १ लाख १८ हजार नौ सय तीन मत प्राप्त गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports