विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाजुरामा आज ३ बजे देखी मतगणना सुरू

585
shares

बाजुरामा बिहीबार दिउँसो साढे ३ बजे मतगणना सुरू हुँदै छ। बिहीबार जिल्लामा सर्वदलीय बैठक बसेर सहमति भएपछि मतगणना सुरू हुने निर्णय गरिएको जनाइएको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले आज दिउँसो साढे तीन बजे मतगणना सुरू हुने जानकारी दिए।

यसअघि मंसिर ४ गते भएको विवादका कारण भएका घटनाका कारण मतगणना कार्य सुरू हुन सकेको थिएन। त्यहाँको घटना बारे बुझ्न निर्वाचन आयोगको टोली बाजुरा पुगेको थियो।

टोलीले त्यहाँको वस्तु स्थिति बुझेर प्रतिवेदन तयार पारेर बुधबार मतगणना सुरू गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो। तर बुधबार बैठकमा दलहरु सहभागी भएनन्। बिहीबार भने दलहरू बीच सहमति भएपछि मतगणना सुरू गर्ने तयारी थालिएको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports