मंसिर २९ गते बिहिवार काठमाडौंमा महानगरले महानगर दिवस मनाउने
वि.सं.२०७९ मंसिर २६ सोमवार १६:५६
shares

काठमाडौं महानगरपालिकाले अगामी २९ गते महानगर दिवस मनाउने भएको छ । दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । २८ महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दीपावली गर्न महानगरले आग्रह गरेको छ ।
महानगर दिवस मनाउने क्रममा आज काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारी बीच दशरथ रंगशालमा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सो क्रममा जनप्रतिनिधिको टिम पराजित भएको छ ।





































