linktrix Long Ad
Salt Trading Long Ad

भारतीय सेना र चिनीया सेना बीच फेरी भयो झडप

715
shares

भारत र चीनका सैनिकहरू बीच फेरि सीमामा झडप भएको छ। भारतीय समाचार पत्र द हिन्दुका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार झडप हुँदा कैयौं भारतीय सैनिकहरू घाइते भएका छन्।

सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै हिन्दुले याङ्जी तवाङ क्षेत्रमा भएको झडपका क्रममा चिनियाँ सैनिक पनि घाइते भएको उल्लेख गरेको छ। घाइते भएका भारतीय सैनिकहरूलाई उपचारका लागि गुवाहटी लगिएको छ।

सन् २०२० को जुनमा लद्दाखको गल्वान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच झडप भएको थियो। उक्त झडपमा २० जना भारतीय सैनिक मारिएका थिए। उक्त झडपमा मारिएका आफ्ना सैनिक बारे चीनले औपचारिक जानकारी दिएको छैन।

उक्त घटनापछि दुई देशका सैनिक बीच फेरि झडप भएको हो। शुक्रबार भएको झडपको विस्तृत विवरण आइसकेको छैन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports