विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एस सरकारमा सहभागी हुदैन : अध्यक्ष नेपाल

637
shares

दुई ठूला वामपन्थी पार्टी एमाले र माओवादी केन्द्रको सहकार्यमा एकीकृत समाजवादी सहभागी नहुने भएको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी एमाले–माओवादी नेतृत्वको गठबन्धन सरकारमा सामेल नहुने स्पष्ट पारेपछि सम्भावित वाम एकताको च्याप्टर समेत हाललाई बन्द भएको अर्थ लगाइएको छ ।

आज देखि सुरु पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सत्तारुढ गठबन्धनमा सामेल नहुने बताउँदै पार्टी निर्माणमा लाग्ने बताउनुभयो । यसअघि समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने चर्चा थियो ।

तर, आजको बैठकमा अध्यक्ष नेपालले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठीक भूमिका खेलिरहेको दाबी गर्दै कसै सामु लत्रने पक्षमा नरहेको बताउनुभयो । ‘देशको राजनीतिमा आफ्नै खालका जटिलता छन् । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौं,’ उहाँले भन्नुभयो ।

नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी भित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास असफल भएपछि नयाँ पार्टी गठन गर्नुपरेको तथ्य बुझ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।यसअघि हिजो र अस्ति बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले एकीकृत समाजवादी सरकारमा जान नहुने धारणा राखेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports