विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीले आज सचिवहरूलाई निर्देशन दिने

572
shares

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन उनले सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

सोमबार प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरु सँग छलफल गरेका थिए । छलफलमा सचिवहरुले आ-आफ्नो मन्त्रालयको वस्तुस्थिति बारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए । उनीहरुले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराएका थिए । सो छलफलपछि प्रधानमन्त्रीले आज निर्देशनात्मक सम्बोधन गर्ने भएका हुन् ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए । विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्र लगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजना अनुसार पहिलो चरणमा सोमबार प्रधानमन्त्रीले सचिवहरु सँग छलफल गरेका हुन् ।

केही सचिव र विभागका प्रमुखले अझै आ–आफ्नो विभागको कार्यविवरण बारे प्रस्तुति दिन बाँकी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports