विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिस्टममा समस्या आएको भन्दै अनिश्चितकालका लागि राहदानी वितरण बन्द

819
shares

काठमाडौं । राहदानी वितरण कार्य अनिश्चितकालका लागि स्थगित भएको छ । विभागले एक सूचना जारी गर्दै मंगलबार देखि अर्को सूचना जारी नहुदाँ सम्म राहदानी लिन लागि विभागमा नआउन अनुरोध गरेको छ ।

आइतबार देखि राहदानी विभागको सिस्टममा समस्या आएर राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी तिवरण कार्य अवरुद्ध भएकाले वितरण कार्य स्थगित गरिएको निर्देशक दुरपदा सापकोटाले सूचना मार्फत जानकारी गराएकी छन् । विभागले यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र प्रणाली पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने बताएकव छ ।

विभागले असुविधा प्रति सेवाग्राही सँग माफी मागेको छ । नियमित रूपमा आवेदनका लागि समय बुक गरेका सेवाग्राहीले बुक गरेको मितिमा बायोमेट्रिकका लागि भने विभागमा उपस्थित उपस्थित हुन अनुरोध गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports