विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सम्मानजनक शत्ति बाँडफाँड भए सरकारमा जाने जसपाको निर्णय

910
shares

काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ ।

मंगलबार सकिएको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो । बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । नभए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बाहिर बाट समर्थन गर्ने उसको निर्णय छ ।

बैठकले विभिन्न दल तथा संगठन सँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ । चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ । चुनावमा पार्टीका उम्मेदवारहरु विरुद्ध उम्मेदवारी दिनेहरुलाई भने सम्बन्धित समितिले विधान अनुसार कारबाही गर्ने निर्णय गरेको छ ।

विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports