विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्र निर्माण गर्नेलाई सम्मान गर्नु पछि फर्कनु होईन : अध्यक्ष लिङदेन

650
shares

काठमाडौं ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीलाई राज्यले स्वीकार पछाडि फर्कनु नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिन राखेको प्रस्ताव माथि धारणा राख्दै उनले सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको प्रति धन्यवाद दिए ।

उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कुनै पार्टीको मात्र नभएर सिंगो देशकै भएको बताए । ‘पृथ्वी नारायण शाह थिए र त नेपाल छ । नेपाल छ र त प्रचण्ड अहिले प्रधानमन्त्री हुनुहुन्छ’ उनले भने, ‘राष्ट्रनिर्माताको जन्म जयन्ती मनाउन कसै हिच्किचाउनु पर्दैन । सरकारले बिदा दिएको छ, धन्यवाद दिन चाहन्छु ।’उनले राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । राप्रपाले राजतन्त्रको पुनःस्थापनाको लाइन लिँदै आइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports